चीनको चुङ्चिङस्थित कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु
चीनको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको ज्यान गएको छ ।
दक्षिणपश्चिम चीनस्थित चुङ्चिङस्थित कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ।
शुक्रवार उक्त खानीमा कार्बन मनक्साइड चुहिएको जनाइएको छ। खानीमा काम गर्ने पाँच जना अझै हराइरहेको सीसीटीभी जनाएको छ । एक जनालाई जीवितै उद्धार गरिएको बताइएको छ। उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्।