रुसमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु
रुसमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ।
रुसको राजधानी मस्कोका क्लिनिकहरुमा कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरलाई खोप दिन थालेको जनाइएको छ। त्यहाँ रुसमा नै विकास गरिएको स्पुत्निक ५ खोपको प्रयोग भइरहेको बताइएको छ ।
अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन्। तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको बीबीसीमा उल्लेख छ।
दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता गरेका छन्।