थप १३८२ सङ्क्रमित,२३ जनाको मृत्यु
मङ्गलवार नेपालमा १,३८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कुल ८९४७ जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ। सो अवधिमा २३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या लगभग २,४३,३७७ पुगेको छ।