युरोपमा आपतकालीन प्रयोगमा ल्याउन फाइजरद्वारा आवेदन
अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले कोरोनाविरुद्धको खोप अमेरिका र बेलायतपछि युरोपेमा आपतकालीन प्रयोगका लागि आवेदन दिएको छ ।
कम्पनीहरुले मंगलबार युरोपमा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएको जनाइएको छ। अमेरिकाले गत नोभेम्बर २० मा उक्त खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको खबर बाहिरिएको थियो । अब भने फाइजर र बायोएनटेकको खोप सार्वजनिक प्रयोगका लागि मान्यता पाउने धेरै सम्भावना बढेको छ । कम्पनीहरुले युरोपियन मेडिसिन एजेन्सी (ईएमए) मा आपतकालीन प्रयोगको लागि आवेदन दिएको जनाइएको छ ।
९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको उक्त खोपको युरोपेली नियामकले डिसेम्बरको अन्तिमसम्ममा सार्वजनिक प्रयोगको लागि मान्यता दिने आशा राखिएको छ ।