आउटरिच नेपाल बन्यो इसिआइ अवार्डको विजेता
चीनको साङघाइमा यही डिसेम्बर १६ देखि १८ सम्म आयोजना गरिएको इसिआइ अवार्ड २०२० समारोहमा इसिआइ मार्केटिङ्ग इनोभसन अवार्ड आउटरिच नेपालले जितेको छ।
यो अवार्ड आउटरिचले गरेको ‘बेसिक ह्युम्यानिटी’ प्रचार अभियानको लागि प्राप्त भएको हो।
आउटरिचले विश्वव्यापी रुपमा फैलिएको महामारीकै बीच यो अभियान शुरु गरेको थियो।
इसिआइ अवार्डको स्थापना इन्टरनेशनल इन्टरप्रिन्युयर्स, क्रिएटिभ्स एण्ड इनोभेटर्स एसोशिएसनद्वारा गरिएको हो। इसिआइले नवीन सिर्जनाको प्रभावकारितालाई आधार बनाई विश्व भरिका डिजीटल बिज्ञापनहरुको तुलना गरि यो अवार्ड प्रदान गर्ने गर्दछ।