हामी अदालत जान्छौँ : झलनाथ खनाल
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरु गैरसंवैधानिक कदमविरुद्ध अदालत जाने तयारीमा रहेको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै नेता खनालले आफूहरु अदालत जाने तयारीमा रहेको बताए । अहिले संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल समूहका नेताहरुलाई अहिले खालि काजतमा हस्ताक्षर गराइएको छ । सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा बुझाउनका लागि हस्ताक्षर गराइएको बताइएको छ ।