मतपरिणाम उल्टाउन राष्ट्रपति ट्रम्पले गरेको अपिल सर्वोच्चद्वारा अस्वीकार
अमेरिकाको सर्वोच्च अदालतले टेक्सास राज्यको अपिल अस्विकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतपरिणाम उल्टाउन गरेको अपिल सर्वोच्चले अस्विकार गरेको हो ।
टेक्सास राज्यका महान्यायाधिवक्ताले निर्वाचन परिणाम उल्टाउन दायर गरेको मुद्दामा प्रमाण नभएको भन्दै सर्वोच्च अदालतले सो अपिल अस्वीकार गरेको छ । सर्वोच्च आदलतले यस अघि पेन्सलभिनिया राज्यको मतदानमा धाधली भएको विषयअस्वीकार गरिसकेको थियो ।
राष्ट्रपति ट्रम्पले लगातार निर्वाचनमा धाधली भएको दाबी गरिरहदा उनको एक मात्र अस्त्र रहेको सर्वोच्च अदालतले पनि उनी र उनको टिमले दायर गरेको अपिल अस्वीकार गरिरहदा उनलाई थप धक्का लागेको छ ।