किरकिट्यामा टिपर दुर्घटना, २ जनाको मृत्यु, चालकसहित ३ घाइते
(बझाङ) बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिका(३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो बा ३ क ६०० नम्बरको नागार्जुन कस्ट्रक्सनको टिपर दुर्घटना भएको हो ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मजदुरी काम गर्ने मनोज गाह मगर र मनोज भट्टलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । चालक गोविन्द विष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारी सामान्य घाइते भएको र तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।