न्यूयोर्कमा काला जातिको प्रदर्शनको भीडमा कार चलाइयो, ६ को अवस्था गम्भीर
(काठमाडौं) अमेरिकामा प्रदर्शनकारीहरुको भीड बीचमा कार चलाइएको छ । न्यूयोर्कको म्यानह्याटन शहरमा शुक्रबार काला जातिले गरेको प्रदर्शनका क्रममा कार चलाइएको हो । प्रदर्शनका लागि ५० जनाभन्दा बढी भेला भएका भीडमा कार चलाइएको अमेरिकी समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
‘काला जातिको जीवनले अर्थ राख्छ’ – भन्ने अभियान चलिरहेको बेला शुक्रबार दिउसो ४ बजेतिर भीडमा कार चलाइदा धेरै संख्यामा मानिसहरु घाइते भएको बताइएको छ । जसमध्ये ६ जना को अवस्था गम्भीर रहेको बताइएको छ । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनूशन्धान गरिरहेको बताइएको छ ।