भन्सार छलेर ल्याइएको २ हजार ४६० किलो चिनी बरामद
प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ।
मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो।
प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार चोरी पैठारीमा संलग्न चार जनालाई समेत पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका-१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका-२ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन्।