थप ६०० जनामा सङ्क्रमण, ८ जनाको मृत्यु
नेपालमा कोरोनाभाइरसबाट विगत २४ घण्टामा थप ६०८ जना सङ्क्रमित भएको र आठ जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा ४,१४२ जनाको परीक्षण गरिएको थियो।
केही सातादेखि परीक्षणको सङ्ख्या घटेकाले कोभिड-१९ भएका व्यक्ति फेला पर्ने क्रम घटेको देखिन्छ।
अहिलेको वृद्धिसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,५७,००० पुगेको छ भने कोभिड-१९ का कारण ज्यान गुमाउने मानिसको सङ्ख्या १,८०० नाघेको छ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ७,०९२ छ।