फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते
फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ।
समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो।
गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्। प्रहरीहरूमाथि ४८ वर्षीय एक पुरूषले गोली प्रहार गरेका हुन्।
घरेलु हिंसाको भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उद्धार गर्न जाँदा ती पुरूषले प्रहरीमाथि गोली हानेको समाचारमा उल्लेख छ।
बन्दुकधारी पुरूषले पहिले दुई जना प्रहरीमाथि गोली चलाएका थिए। जसमध्ये एक जनाले ज्यान गुमाएका थिए भने अर्का घाइते भएका थिए।
त्यसपछि ती पुरूषले आफ्नो घर जलाएका थिए। आक्रमणपछि अन्य दुई जना प्रहरी त्यँहा पुगेका थिए। क्लेरमन्ट फेरान्डको अभियोजन कार्यालयका अनुसार पछि गएका दुई जना प्रहरीको पनि गोली हानी हत्या भएको हो।