सर्किटपछि बीचमै कारोबार बन्द
सेयर बजारको परिसूचक नेप्से आइतबार १२३ अंकले घटेको छ।
२ बजेर १३ मिनेट जाँदा नै नेप्से ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ। सर्किट ब्रेकपछि आजका लागि बीचमै कारोबार बन्द भएको छ। आजको कारोबारपछि नेप्से १९३२ अंकमा झरेको छ।
यस दिन ७ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बिहीबारको तुलनामा कारोबार रकम पनि खुम्चिएको छ।
बैंकिङ ६४, ब्यापार १५९, होटल ८१, विकास बैंक ७६, जलविद्युत ८६, फाइनान्स १९, निर्जीवन बीमा ५६९, उत्पादन ३६२, अन्य १६४, माइक्रोफाइनान्स २२४ अंकले घटेका छन्।