पहाडी भागमा हल्का वर्षाको सम्भावना
(काठमाडौँ) हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेकाले बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका का अनुसार प्रदेश १ को एक दुई ठाउँमा हल्का पानी परे पनि प्रदेश २ र बाग्मती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु ठाउँको मौसम भने खुल्दै बादल लाग्नेछ । यस्तै बिहीबार राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।
दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जानकारी दिएको छ ।