ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्दै आएका २७ वर्षीय गोपिकृष्ण खनाल छन्।
गम्भीर घाइते खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ।एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे पैदल हिँडिरहेका खनाललाई ठक्कर दिएको थियो।
मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ।