विराटनगरको न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।
विराटनगर- ११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो । २७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।