गुलरियामा जीप दुर्घटना हुँदा १२ जना घाईते
(बर्दिया) बर्दियाको गुलरियामा जीप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । जिल्लाको नगरपालिका र मधुवन नगरपालिकाको सीमा क्षेत्रस्थित गुलरिया नगरपालिका १ मा भएको सवारि दुर्घटनामा १२ जना घाईते भएकाको जिल्ला ट्राफिक प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।
नेपालगञ्ज देखि राजापुर तर्फ जाँदै गरेको भे १ ज ११५७ नम्बरको ब्विगर जीप अगाडिको टायर पड्किएर दुर्घटना हुदा १२ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र मल्लले जानकारि दिनुभयो।