यदि ट्रम्पले चुनाव हारेर पनि ह्वाइटहाउस छाड्न मानेनन् भने के होला ?
अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले जित हात पारेका छन् र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नराम्ररी पछारिएका छन् ।
ट्रम्पले भने मतदानमा धाँधली भएको आरोप लगाइरहेका छन् । विश्वकै सबैभन्दा सबल लोकतन्त्र भएको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकामा चुनाव हारेर पनि ट्रम्पले ह्वाइटहाउस नछाड्ने हुन् कि भन्ने आशंका कतिपयले गरिरहेका छन् ।
यद्यपि त्यस्तो भैहालेमा समेत चुनाव हारेर पनि ह्वाइटहाउस छाड्न आनाकानी गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुनेछैनन् ।
यदि ट्रम्पले चुनाव हारेर पनि ह्वाइटहाउस छाड्न मानेनन् भने के होला ?
ह्वाइटहाउसका कर्मचारीहरु आफ्ना नयाँ निर्वाचित राष्ट्रपतिको आदेशमा काम सुरु गर्न सक्दछन्।
· २० जनवरी २०२१ को मध्यान्हमा ह्वाइटहाउसका कर्मचारीहरुले निवर्तमान राष्ट्रपति ट्रम्पका सरसामानहरु कार्यालयबाट बाहिर
निकालेर नयाँ राष्ट्रपति जो बाइडेनका सामानहरु कसैको अनुमति विनै भित्र लैजान सक्दछन् ।
· जनवरीबाट ट्रम्पको तलबबाट ह्वाइटहाउसको भाडा पनि कट्टी हुन छाड्नेछ ।
· बाइडेनले जनवरीबाटै राष्ट्रपति पदको तलब पाउन सुरु गर्नेछन् र ह्वाइटहाउसको भाडा पनि उनकै तलबबाट कट्टी हुन थाल्नेछ ।