चीन र अक्सफोर्डको खोप प्रभावकारी भए नेपालले छिटो पाउने सम्भावना
विश्वका १ सय ६५ कम्पनी कोरोना भाइरस विरुद्धको खोप बनाउन सक्रिय छन् ।
११ कम्पनीले भाइरस बिरुद्धको खोप बनाइसकेका छन् र खोपको अन्तिम नतिजा एकपछि अर्को गर्दै सार्बजनिक गर्न थालेका छन् । पछिल्लो २ हप्तामा कोरोना भाइरस बिरुद्धको २ खोपले मानिसमा भएको तेश्रो चरणको परीक्षण सफल भएको र ९५ प्रतिशत सम्म प्रभावकारी रहेको घोषणा गरिएको छ ।
फाइजर र बायोएण्डटेक कम्पनी कोरोना बिरुद्धको खोप परिक्षण सफल भएको दाबी गर्ने पहिलो कम्पनी हो । त्यसपछि मोडर्ना कम्पनीले ३० हजार भन्दा बढी मानिसमा गरेको परिक्षणमा ९५ प्रतिशत भन्दा बढी प्रभावकारी भएको दाबी नोभेम्बर १६ मा ग-यो ।
डिसेम्बर पहिलो हप्तासम्ममा अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन टिमले निर्माण गरिरहेको कोरोना बिरुद्धको खोपको पनि क्निकल ट्रायलको रिपोर्ट सार्बजनिक हुने जनाइएको छ ।
उक्त भ्याक्सिन बेलायत, ब्राजिल, जापान, अमेरिका, केन्या लगायतका देशहरुमा तेस्रो चरणको परिक्षण अन्तिम चरणमा छ । त्यसैगरी बेल्जियमको ज्यानसेन फर्मा कम्पनीको खोप पनि तेस्रो चरणको परिक्षणमा छ ।
रुसको गामालिया नेसनल सेन्टरले निर्माण गरेको स्पुतनिक भि नामक खोपलाई त्यहाँको सरकारले मान्यता समेत दिसकेको छ । रुसमै ४० हजार मानिसमा गरेको परिक्षणमा ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ ।
चीनमा कोरोना बिरुद्धका २ खोप तेस्रो चरणको परीक्षणमा छन् । बेइजिंग इन्स्टिच्युट बायोलोजिकल र हुहान इन्स्टिच्युट बायोलोजिकलले निर्माण गरेको खोप अन्तिम चरणको नतिजा सार्बजनिक गर्ने क्रममा छन् ।
विश्व स्वास्थ्य संगठनको अनुसार हालसम्म ४० भन्दा बढी कोरोना बिरुद्धको खोपले मानिस हुने परिक्षण गरिरहेका छन् । ११ वटा खोप परीक्षणको अन्तिम नतिजा सार्बजनिक गर्ने तरखरमा छन् ।
विश्वमा १ सय ६५ कम्पनी कोरोना बिरुद्धको खोप निर्माणमा प्रयासरत छन् । फाइजर बायो एन टेक को खोप जुन माइनस ७० भन्दा माथि कोल्ड चेनमा भण्डारण गर्नुपर्ने हुन्छ । यस्तो खोप नेपाल जस्तो देश आइपुग्न मुस्किल छ । मोडेर्नाको खोप माइनस २० डिग्रीबाट झिकेर ३० दिनसम्म २ देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ । जुन नेपाल जस्तो देशले सजिलै भण्डारण गर्न सक्छ ।
छिमेकी मुलुक चीन र बेलायतको अक्सफोर्डको खोप प्रभाबकारी साबित भए नेपालले कोरोना बिरुद्धको खोप छिटो पाउने सम्भावना रहेको बिज्ञ बताउँछन् ।