देशभर चिसो बढ्यो
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको जानकारी दिएको छ । यसैगरी, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
भने, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।