दोस्रो पटक बाबु बन्दैछन् कपिल
भारतीय कलाकार कपिल शर्मा दोस्रो पटक फेरि बाबु बन्दै छन् । उनले छिट्टै घरमा परिवारका नयाँ सदस्यको स्वागत गर्दैछन् भन्ने समाचार भारतीय मिडियाले गसिपका रुपमा निकै प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
कपिलकी श्रीमती गिन्नीको फेरि गर्भवती भएको एक भिडियोबाट खुलेको हो ।
इटाइम्समा छापिएको समाचारअनुसार कपिल र गिन्नीले २०२१ को जनवरीमा नयाँ सन्तानलाई स्वागत गर्दै छन् । अहिले यी दुवै जना मुम्बईमा रहेको बताइएको छ ।
यसअघि कपिलका एक छोरा छन् । उनी डिसेम्बरमा एक वर्ष पुग्दै छन् ।