चार किलो चरेश बरामद
बैतडीमा प्रहरीले करिब चार किलो चरेश बरामद गरेको छ। बैतडी–बझाङको सीमा नजिक ढोल्यामोडबाट तीन किलो ७०० ग्राम चरेश बरामद गरिएको हो।
बझाङबाट खोडपेतर्फ आइरहेको से १ ज २२८ नम्बरको जिप चेकजाँच गर्दा उक्त मात्रामा चरेश बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीले चेकजाँच गर्दा चरेश छोडेर ती व्यक्ति फरार भएको प्रहरीको भनाइ छ।
फरार व्यक्तिको पहिचान भइसकेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ती व्यक्ति पहिलादेखि नै चरेशको कारोबारी रहेका प्रहरीले बताएको छ।