बीपी प्रतिष्ठान धरानमा नौ वर्षीया बालिकासहित २ संक्रमितको मृत्यु
(विराटनगर) सुनसरीको धरान स्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा नौ वर्षीय बालिकासहित दुई जना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिला रहेको सो प्रतिष्ठानले जनाएको छ ।
सुनसरी इटहरी–६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । बालिकालाई गत सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । धरान –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएकोमा कात्तिक ५ गते श्वासप्रश्वास समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजे मृत्यु भएको सो प्रतिष्ठानले जनाएको छ ।