भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ८९ लाख नाघेको छ । पछिल्लो केही समययता संक्रमणको दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।