मोरङमा ३५ वर्षीया अशक्त महिला बलात्कृत, एक पक्राउ
मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन् ।
शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
उनका अनुसार महिला एक्लै भएको मौका पारी मण्डलले उनीमाथि बलात्कार गरेका थिए । सो खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो ।
उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।