पब्जी माथिको प्रतिबन्ध हटाउँदै भारत
काठमाडौं । लोकप्रिय मोबाइल गेम पब्जी भारतमा पुनः आउने भएको छ । यसका लागि पब्जी मोबाइलको स्वामित्वकर्ता क्राफ्टन इंकले माइक्रोसफ्टसँग साझेदारी गरेको छ ।
क्राफ्टनले दिएको जानकारी अनुसार पब्जी मोबाइल अब माइक्रोसफ्टको अजुर क्लाउड प्लेटफर्ममा होस्ट हुनेछ। भारतमा केन्द्रीय सरकारले साइबर सुरक्षा र देशको सार्वभौमिकतामा खतराका कारण देखाउँदै यो खेल प्रतिबन्ध गरेको थियो।
त्यतिबेला पनि पब्जीले पुनस् आफू भारत फर्किने दाबी गरेको थियो । दक्षिण कोरियाली कम्पनी क्राफ्टन पब्जी कर्पोरेशनको स्वामित्वकर्ता हो र यसले नै अब पूर्ण रूपमा पब्जी मोबाइलको सञ्चालन गर्नेछ ।
अक्टबर ३० मा प्रकाशन र वितरणको अधिकार पाएको चिनियाँ कम्पनी टेन्सेन्टले भारतमा पब्जी मोबाइल सर्भरका लागि सबै सेवा बन्द गर्दै पब्जी मोबाइल इण्डियन आईपी राइट क्राफ्टनलाई फिर्ता गरेको छ ।
यसपछि निरन्तर भारतसँग कुराकानीमा रहेको पब्जी गेमले अन्ततस् रिइन्ट्री मार्ने भएको हो । यसका लागि डेभलपिङ स्टुडियो क्राफ्टनले नै सञ्चालन गर्दै आएको छ । मिडिया रिपोर्टका अनुसार दिपावालीभन्दा अघि नै ब्याटल रोयल खेल पब्जी फिर्ताको घोषणा हुन सक्छ ।
यति मात्रै होईन, पब्जी करपाेरेशनले भारतमा यसको भविष्यको बारेमा ठूलो घोषणा पनि गर्न सक्ने जनाइएको छ ।