बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराज मृत्यु
बालिका हत्या प्रकरणको विरोधको क्रममा प्रहरीको गोली लागि घाइते भएकाबुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिका हत्याको विरोध गर्दै प्रदर्शन गर्दा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ‘सञ्जय’ भनिने बुद्धिराज न्यौपानेलाई उपचारको क्रममा निधन भएको छ ।
तिघ्रामुनि गोली लागेको उनको मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको छ । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मंगलबार दिउँसो सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले प्रर्दशन गरेका हुन् । स्थिति नियन्त्रणको क्रममा प्रहरीले फायर खोलेको जनाएको छ। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गामुढा गर्दा महोत्तरी प्रहरी प्रवक्ता तथा डीएसपी प्रकाश विष्टसहित १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
अर्का घाइते श्याम कार्कीकाे उपचार भइरहेकाे छ ।