बेलिजका प्रधानमन्त्रीमा कोरोना संक्रमण
बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उहाँ कोरोनाभाइरसबाट संक्रमति हुनुभएको जानकारी दिएको हो ।
प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट संक्रमति भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । कार्यालयका अनुसार उहाँ आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उहाँले पुनः परीक्षण गर्नु हुने कार्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट संक्रमति भएका छन् ।
त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।