राजतन्त्रको माग गर्दै पोखरामा प्रदर्शन
(काठमाडौं) पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् । मोटरसाइकल र गाडीसहित र्यालीमा सहभागी भएका राजावादीहरुले नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न माग गरेका थिए ।
बुधबार नै जनकपुरमा पनि राजवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, धनगढी, कोहलपुरलगायतका सहरमा पनि उनीहरुले प्रदर्शन गरेका छन् ।