ललितपुरको इमाडोलमा ठूलो आगलागी
ललितपुरको इमाडोलमा आगलागी भएको छ।
शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाले बताए।
'शाखाको अफिसमा ठूलो आगलागी भएको छ। निभाउने प्रयास भइरहेको छ,' उनले भने।