भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या
एक नेपालीको भारतीय जङ्गलमा गाेली हानी हत्या गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका- ५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्याको खबर सुनेलगत्तै नेपालका तर्फबाट स्थानीयसहित इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट र भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । घटनाको प्रकृति हेर्दा गाेली हानी हत्या नै गरिएको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार, राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए । दिनभर डुल्न गए पनि बेलुकी घर आउने राना अबेरसम्म पनि नआएपछि भाेलिपल्ट बिहानै स-परिवार उनको खाेजीमा जुटेका थिए । खाेज्दैजाँदा पुनर्वास नगरपालिका- ७ स्थित १८३ नम्बर पिलरदेखि करिब ७ सय मिटर भित्र भारतीय क्षेत्र अन्तर्गत पर्ने मझेरी जङ्गलमा उनकाे शव भेटिएको थियो ।