उपत्यकामा थप ३ सय ३९ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ संक्रमित फेला परेका छन् । जस्मा १ सय ४६ महिला र पुरुष १ सय ९३ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ संक्रमित थपिएका हुन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ६ सय ९८ पुगेको छ ।
योसंगै काठमाडौंमा ७८ हजार ९ सय ३९, जना, ललितपुरमा ११ हजार ४ सय ७१, भक्तपुरमा ७ हजार १ सय ४२ जना संक्रमित पुगेका छन् ।