तीन लाख रकमसहित ७ जुवाडे पक्राउ
(मोरङ) मोरङको उर्लावारी नगरपालिमा एक घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उर्लावारी ९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीले उर्लावारी ९ वाट ३ लाख २५ हजार १५सय ५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका ५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेको प्रदेश प्रहरी कार्यलय विराटगरले जनाएको छ ।
पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।