नेवार समुदायमा आज पनि भाइटीका
काठमाडौं । नेवार समुदायले आज (मंगलबार) पनि भाइटीका (किजा पूजा) मनाउँदैछन् । केही नेवार समुदायले हिजो टीका लगाए पनि केहीले भने आज लगाउँदैछन् ।
तिथिअनुसार आज बिहान पनि केही समय द्वितीया रहेकाले उनीहरूले टीका लगाउने भएका हुन् ।
नेवार समुदायमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा गरी तीन दिन तिहार मनाउने परम्परा छ । नेवार समुदायको भाइटीकाका लागि भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मंगलबार भाइटीका नलगाउनेहरूलाई लक्षित गरेर रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला गरिएको छ ।