उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २ सय ५ जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।