कोरोना संक्रमित आफैंले उपचार खर्च गर्नुपर्ने सरकारको निर्णयप्रति माधवकुमार नेपालको आपत्ति
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमित बिरामी आफैंले उपचार खर्च व्यहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।
सरकारको उक्त निर्णयले संक्रमित नागरिक थप मारमा परेको उनले बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले यस्तो महामारीको बेला सरकारको निर्णय अनुचित नभएको बताएका छन्।
यस्तो महामारीको बेलामा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनको भनाइ छ ।
‘त्यसमा पनि गरिबी अभाव र बेरोजगारीले पिल्सिएका बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनु पर्नेमा नहुनु गम्भीर विषय हो’, विज्ञप्तिमा उल्लेख छ। उक्त विभेदकारी गैरजिम्मेवार र नागरिकप्रति अनुत्तरदायी निर्णय तत्काल फिर्ता लिन उनले सरकारलाई आग्रह गरेका छन्।