गैँडाको खागसहित चुच्चेपाटीबाट एक जना पक्राउ
संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका- ७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् ।
उनलाई खागको कारोबार भइरहेको सूचनाको आधारमा अपराध महाशाखाबाट बिहीबार खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका- ६ चुच्चेपाटीबाट पक्राउ गरेको हो ।
पक्राउपछि रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।