राष्ट्र बैंकले जारी गर्याे १० अर्बको विकास ऋणपत्र
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको 'विकास ऋणपत्र' जारी गरेको छ । केन्द्रीय बैंकले सरकारलाई ऋण उठाइदिनका लागि सातवर्षे विकास ऋणपत्र जारी गरेको हो ।
सरकारले चालू आर्थिक वर्ष (आव) मा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये पहिलो चरणमा १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेको हो ।
बाँकी ७ अर्ब ट्रेजरी बिलमार्फत उठाइनेछ। ३६४ दिने ट्रेजरी बिल दुई पटक जारी गरिनेछ। २६ असोजमा ३ अर्ब र ४ कात्तिकमा ४ अर्बको जारी गरिनेछ ।
ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाइएको छ ।