काठमाडौं उपत्यकामा थपिए १९ सय ३५ जना संक्रमित
काठमाडौं उपत्यकामा बिहीबार १९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १६ सय ९२ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज ३७ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् ।