बागलुङमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
(बागलुङ) बागलुङमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बागलुङ नगरपालिकाको गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, बागलुङ नगरपालिकाका ४५ जना र तमानखोला गाउँपालिकाका ४ जना रहेका छन् ।
बागलुङ नगरपालिकाका वडा नखुलेका ४१ जना पुरुष र ४ महिला रहेका छन् । ५१ संक्रमित मध्य ६ जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् ।
संक्रमितमध्ये २० जना नेपाली सेना, १४ जना नेपाल प्रहरीसमेत रहेकाे बताइएकाे छ ।