धनगढी प्रहरी हत्या प्रकरण
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेका छन् ।
प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए । कैलाली प्रहरीले मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको गरिसकेको छ ।
धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए ।