मकैको खलियामा लाखौं नक्कली नोट भेटिए
चितवन प्रहरीले मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरेको छ।
राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए।
राक्सिराङको हालिजे क्षेत्र गाँजा खेती धेरै हुने क्षेत्रमा पर्दछ। यहाँ केही घरमात्र भएपनि यस क्षेत्रमा ठूलो परिमाणमा गाँजाको खेती हुँदै आएको छ। प्रहरीको आशंका गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको भन्ने छ।