तर कर्मचारी र सेवाग्राही दुवैको उपस्थिती न्यून
(काठमाडौं) आजबाट सरकारी कार्यालय खुला भएपनि सेवाग्राहीको चहलपहल कम देखिएको छ । आज दशैँको तेस्रो दिन साथै कोभिड १९ को महामारीका कारण पनि सेवाग्राही सरकारी कार्यालयमा नआएका हुन् ।
त्यसो त सरकारी कार्यालय खुला गरिएतापनि कर्मचारीहरुको कार्यालयमा उपस्थिती कम पाइएको छ । दशैँ विदामा घर गएका कर्मचारीहरु काममा फर्कने क्रम जारी रहेकाले केही कर्मचारी बाहेक अन्य कार्यालय भन्दा बाहिर नै छन् । दशैँको ५ दिने बिदा हिजोबाट सकिएको छ । आज दशैँपछिको पहिलो दिन भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिती कम भएको हो ।
धेरैजसो टाढा आफन्त भएका मानिसहरुले दशैँको टीका पूर्णिमा सम्म लगाइने लगाउने गर्दछन् । अजबाट बैंक तथा वित्तिय संस्थाहरुले पनि काम कार्यलय खोलेका छन् । तर प्राय सबै कार्यलयहरुमा सेवाग्राही र कर्मचारीहरुको उपस्थिती भने कम देखिएको छ ।