गण्डकी प्रदेशमा ३० जनामा कोरोना संक्रमण पुष्टि
कास्कीका १६ जनासहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा संक्रमित हुने सबैजना पोखरा महानगरका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार नवलपुरका पाँच जना कोरोना संक्रमित थपिएका छन् । बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थपिएका संक्रमितसहित गण्डकीमा कोराना संक्रमितको संख्या तीन हजार ९ सय ४० पुगेको छ । दुई हजार ७ सय ४४ जना निको भएका छन् । प्रदेशमा एक हजार १ सय ६३ जना सक्रिय संक्रमित छन् । प्रदेशमा अहिलेसम्म ७० हजार २ सय ६४ जनाको पिसिआर परिक्षण भएको छ ।
कोरोना संक्रमणकै कारण प्रदेशमा ३३ जनाले ज्यान गुमाएका छन् ।