रअ प्रमुखसँग नभेटेको देउवा र माधव नेपालको प्रस्टीकरण
(काठमाडाैँ) भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल काठमाडाैँ अाएर स्वदेश समेत फर्किसकेका छन् । यस क्रममा सत्तारूढ नेकपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले गाेयलसँग नभेटेको प्रष्टीकरण दिइरहेका छन् ।
नकपाका वरिष्ठ नेता एवं पूर्व-प्रधानमन्त्री माधव नेपालले रअ प्रमुख गोयलसँग आफ्नो भेट नभएकाे बताउनुभएकाे छ । समाचारमा भ्रम फैलाउने काम भएकाे भन्दै नेता नेपालकाे सचिवालयमार्फत् सामाजिक सञ्जाल टि्वटर लेखिएकाे छ- ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
काठमाडाैँ, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल काठमाडाैँ अाएर स्वदेश समेत फर्किसकेका छन् । यस क्रममा सत्तारूढ नेकपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले गाेयलसँग नभेटेको प्रष्टीकरण दिइरहेका छन् ।