उपत्यकमा भिडभाड बढ्यो
काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आज (बुधबार) २१ दिन पुगेको छ । भदौ तीन गते मध्य रात देखि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा आदेश जारी भएको हो । यस्तै बिहीबारदेखि उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाइएको छ । यसैबीच आज दिउँसो उपत्यकाका मुख्य सडकमा पुग्दा सवारीसाधनको चाप बढेको देखिएको छ । लामो समय निषेधाज्ञा जारी हुँदा उपत्यकाको जनजीवन प्रभावित भएको छ । त्यसैले पनि मानिसहरु निषेधाज्ञाको प्रवाह नगरी सडकमा यात्रा गरिरहेका देखिन्छन् । विभिन्न कार्यालयमा काम गर्न जाने कर्मचारीको संख्या पनि सडका धेरै देखिन्छ ।
सरकारले अत्यावश्यक सेवाका भनेर तोकेका भन्दा बाहेकका सवारी साधन पनि सञ्चालनमा आएको देखिन्छ । सुरक्षाकर्मीले पनि सवारी साधनको चेकजाँचलाई खुकुलो बनाएको छ ।
लामो समय निषेधाज्ञा हुँदा अर्थतन्त्र धारासायी हुने र मानिसहरुलाई रोगले भन्दा भोकले सताउने स्थिति आएपछि निषेधाज्ञाको मोडालिटि परिवतर्तन गरी बजारलाई खुला गर्न जनदवाव पनि बढेको छ ।
व्यवसायीहरुले फेरि पनि यही प्रकृतिको निषेधाज्ञा जारी भए निषेधाज्ञा आदेश उलङ्घन गरेरै भएपनि व्यवसाय सञ्चालन गर्ने बताउँदै आएका छन् । यस्तै उपत्यकाका भित्री सडक क्षेत्रमा रहेका पसलहरु दिनभर फाट्टफुट्ट सञ्चालनमा आएको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।