भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ
(कैलाली) गौरीफन्टा सीमा नाकाबाट अवैध रुपमा सुनका गहना ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका-२ का २२ वर्षीय मोहन कटुवाल (भुल) र १९ वर्षीय सुमित भुजेल रहेका छन् ।
भारतको मुम्बईबाट आउँदै गरेका उनीहरुको साथबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले सुनका गहना कहाँबाट ल्याएका हुन् भन्नेबारेमा थप अनुसन्धान भइरहेको छ ।