६ सय ७४ कोरोना संक्रमित थपिए काठमाडौं उपत्यकामा
(५ असोज, काठमाडौं) काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो।
तीमध्ये काठमाडौंका ५ सय ३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।