नेकपा सचिवालय बैठक सुरू, सबैलाई उस्तै कुर्सी-टेबल
पार्टी एकतालगायत कामबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरू भएको छ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा केही समयअघि सुरू भएको सचिवालय बैठकमा स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ।
स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका कामलाई सम्पन्न गर्ने निर्णय गरेको थियो।
त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गर्ने भनिएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा नेकपाको सचिवालय बैठक पहिलो पटक बसेको हो।
बैठकमा सबै सचिवालय सदस्यहरूलाई उस्तै कुर्सी र टेबलको व्यवस्था गरिएको छ।
यसअघि बालुवाटारमा बस्ने सचिवालय बैठकमा दुई अध्यक्षका लागि छुट्टै कुर्सी-टेबल राखिन्थ्यो। कुनै बेला त अध्यक्ष केपी शर्मा ओलीको मात्र कुर्सी-टेबल अरूको भन्दा फरक हुने गरेको थियो।
नेकपामा कुर्सी विवाद स्थायी कमिटी बैठकमा पनि देखिएको थियो।
साभारः सेतोपाटि