गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नवलपुरको गैडाकोटका मात्रै २८ जना छन् ।
गैडाकोट वडा नम्बर २ मा १४ जना संक्रमित थपिएका छन् । वडा नम्बर १ मा तीनजना, १३ र १४ मा एक–एक जना र वडा नम्बर ४ का तीनजना छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २ का एकजना र गोखराको आरुघाट वडा नम्बर ९ का एकजना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६३ पुगेको छ । प्रदेशमा अहिलेसम्म कोरोना दुई हजार सात सय ३५ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमित भने एक हजार ९५ जना रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७२ जनाको पिसिआर विधिबाट नमुना परीक्षण भएको छ । कोरोना संक्रमणका कारण यस प्रदेशमा अहिलेसम्म ३३ जनाले ज्यान गुमाएका छन् ।